३० हजार पुरस्कारमा साइकल सरर...

पाेखरा | पुस ४, २०७९

३० हजार पुरस्कारमा साइकल सरर...

पोखराः    दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको छ । 


पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र साइकल सिटी पोखराको संयोजनमा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 


टुर दि पोखराको संयोजक राजन गोङ्गजुका अनुसार दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा महिला र पुरुष तर्फ प्रथम, द्धितिय, तृतिय र सात्वना हुने प्रतियोगिले ३० हजार, २० हजार, १० हजार र ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् । 


यस्तै ४० वर्ष माथिको राष्ट्रिय साइकल दौड प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तृतिय हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने टुर दि पोखराको संयोजक राजन गोङ्गजुले बताए । मंगलबार फुशखोला छोरेपाटन पोखरामा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा ८० टिमको सहभागिता हुनेछ । प्रतियोगितामा ६० ले नामदर्ता गरेका छन् ।


टुर दि पोखराको तयारी पुरा


साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखराको तयारी पुरा भएको छ । 


दुई वर्ष कोरोना भाइरसको कारणको रोकिएको छैटौं टुर दि पोखरा यो वर्ष ‘थोपा थोपा इन्धन बचाऊ’ मुख्य नारा सहित कार्यक्रम आयोजना गरेको हो । 


बाह्य शहरबाट आन्तरिक तथा बाह्य साइकल पर्यटकहरु आमन्त्रण गरी बागलुङको शालिग्राम, संग्रहालय, बागलुङ बजार र कुश्मा बजारमा पर्यटन प्रवद्र्धन गर्न पहिलो पटक स्थानीय तहसँग सहकार्य गरेको साइकल सिटी पोखराले जनाएको छ । 


साइकल सिटी पोखराले पौष ७ गते छैटौं टुर दि पोखराको आयोजनामा बागलुङको कालिका मन्दिरदेखि विन्ध्यवासिनी मन्दिरसम्म ७२ किलोमिटर सडकमा १ सय २० जनाले साइकल ¥याली गर्नेछन् । 
यस्तै पुष ९ गते पोखराको प्रर्दशनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरोकिमि, सभागृहचोक, बिपिचोक, महेन्द्रपुल, रानीपौवा, सितलादेवि, भद्रकालीस्कुल, मियाँपाटन, ३२ केभी, अमरसिँह,कालिकाचोक, बुद्धचोक, पृथ्वीचोक र पुनः प्रर्दशनीकेन्द्रमा आएर साइकल ¥याली सम्पन्न हुनेछ । स्लो साइकल प्रतियोगितासँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सककार्यमा रक्तदानसँगै सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ । 
 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्